एमाले सङ्घ र सात वटै प्रदेशमा सरकार बनाउने हैसियतमा छः उपमहासचिव गुरुङ
काठमाडाैं | मंसिर १६, २०७९
तस्बिर फाइल
पोखराः नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सङ्घ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबी गर्नुभएको छ । ।
लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले आज (शुक्रवार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै गुरुङले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियत रहेको दाबी गरेका हुन् ।
तर त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । उहाँले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभयो ।
आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो ।
यस्तै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताउनुभयो । देशमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, देशको स्वाधीनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो, ‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ । अब शेरबहादुर नै प्रधानमन्त्री भनेर जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनुपर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने देशमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको स्थितिलाई हामीले अन्त्य गर्न सक्दैनौँ । नेकपा एमालेको नेतृत्वमा अबको सरकार बन्नुपर्छ । अबको पावर शेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

